• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : दुःखको हरण होस्

  • खबरदाता

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : दुःखको हरण होस्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । मंगलबार (वैशाख १) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् ।

‘सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्, प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।

बालेनले सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् । ‘नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, प्रधानमन्त्री बालेनले लेखेका छन् ।

  • प्रकाशित मिति : वैशाख १, २०८३, मंगलवार ०७:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८