• वैशाख १७, २०८३, बिहीवार Thursday, 30 April, 2026

रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित

  • खबरदाता

रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो । मत दिन्न भन्नेमा २२ मत पर्‍यो ।

रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा मतदान गरे । एमाले तटस्थ रह्यो । राप्रपाले विपक्षमा मतदान गर्‍यो ।

त्यसअघि राप्रपाकी सांसद सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लामाको पक्षमा ५ मत पर्‍यो । उनको विपक्षमा २१५ मत पर्‍यो ।

मत दिन्न भन्ने पक्षमा ३७ मत परेको थियो । पक्षमा राप्रपाका सांसदले मात्रै मत दिए । राप्रपा र श्रम संस्कृति र कांग्रेसका सांसदले विपक्षमा मतदान गरे । एमाले र नेकपाका सांसद भने तटस्थ बसेको थिए ।

  • प्रकाशित मिति : चैत २७, २०८२, शुक्रवार १९:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८