• वैशाख १७, २०८३, बिहीवार Thursday, 30 April, 2026

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

  • खबरदाता

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ ।

निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुख पदका लागि शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुनेछ ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)को मुख्य दाबी रहेको छ ।

अहिले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जसलाई समर्थन गर्छ सोही पार्टीबाट उपसभामुख बन्ने निश्चित छ ।

प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद छन् ।

  • प्रकाशित मिति : चैत २६, २०८२, बिहीवार ०९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८