चितवनको रत्ननगर स्थिति टाँडी बजारमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार सोमबार दिउँसो करिब ३:२५ चितवनको रत्ननगर न.पा.९ निपनी चोकमा उक्त दुर्घटना भएको हो।
खैरहनीबाट भरतपुर तर्फ जादै गरेको लु २ ख २८९४ नम्बरको ट्याङ्कर ९डिजेल लोड० ले भित्रीबाटोबाट निस्किदै गरेको ना ५५ प ८०७७ नं।को स्कुटरलाइ ठक्कर दिदा स्कुटर पछाडि सवार चालक जिल्ला चितवन भरतपु – ७ बस्ने बर्ष ३०/३५ की मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको हो।
स्कुटर चालक सोही स्थान बस्ने बर्ष ५३ का पुर्ण सापकोटा भने सकुशल रहेका छन।
मृतकको शब घटनास्थलमै रहेको रहेको छ।
ट्याङ्कर ट्याङ्कर चालक चितवन राप्ती न.पा.७ बस्ने बर्ष २४ को सुजन तामाङ प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
उक्त स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८