• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

  • खबरदाता

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै, बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको उनले बताए ।

यसअघि माघ ८ गते प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई संसद् भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी थिइन् ।

  • प्रकाशित मिति : माघ २०, २०८२, मंगलवार १९:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८