नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जनाएका छन् ।
निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल छन् । हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार थिए । उता दाङका कुलप्रसाद केसी पनि निष्कासित भएका छन् । लुम्बिनीका पूर्वमुमख्यमन्त्री उनले मेटमणि चौधरीविरूद्ध दाङ २ मा बागी हालेका छन् ।
उदयपुर २ मा बागी उठेका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह पनि निष्कासित भएका छन्।
पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यसमा संलग्न हुने गतिविधि पार्टी अनुशासनविपरीत रहेको स्पष्ट गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन चेतावनीसमेत दिएको छ
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८