• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु, दुई घाइते

  • खबरदाता

भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना, सहचालकको मृत्यु, दुई घाइते

हेटौँडा । हेटौँडाबाट काठमाडौँ गइरहेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ ।

राति १ बजेतिर सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मप्र०३००१च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो ब्रेक फेल भएर दुर्घटना भएको हो ।

मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौँ सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।

दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए ।

उनीहरुलाई राति नै काठमाडौँमा उपचारका लागि पठाइएकामा उपचारक्रममा गम्भीर घाइते मण्डलको काठमाडौँ मेडिकल कलेजमा बिहान ४ः४५ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । २ जनाको यही अस्पतालमा उपचार जारी छ ।

बोलेरोमा रहेका ५ सय कुखुरामध्ये ३ सय कुखुरा पनि मरेको छ ।

  • प्रकाशित मिति : माघ ८, २०८२, बिहीवार ०८:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८