• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पत्रकार सम्मेलन गर्दै देउवा समूह

  • खबरदाता

पत्रकार सम्मेलन गर्दै देउवा समूह

नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिनेछ । पत्रकार सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (पुस ३०) राति सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएको छ । विशेष महाधिवेशनलाई देउवा समूहले मान्यता दिएको छैन । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिइएपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।

 

  • प्रकाशित मिति : माघ २, २०८२, शुक्रवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८