• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा

  • खबरदाता

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने जिकिर गरेका छन् । सोमबार (पुस २८) विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

“नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको विधान निर्वाचन आयोगले पारित गरेको विधान हो । त्यसैले एक दुई तीन निर्वाचन आयोगले विशेष महाधिवेशन अवैधानिक भन्न सक्दैन,” उनले भने ।

कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर निवेदन दिएको खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।

गएको असोज २८ गते ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन कांग्रेस केन्द्रीय कार्यालयमा दिइएको थियो ।

  • प्रकाशित मिति : पुस २८, २०८२, सोमवार १३:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८