• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

खरेललाई प्रचण्डले भने- फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ

  • खबरदाता

खरेललाई प्रचण्डले भने- फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार हात्तिवनस्थित निवासमा भेटवार्ताका लागि पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ । र, फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भन्ने नेपाली कम्युनिस्ट पार्टीको स्पष्ट धारणा दोहोर्‍याउनुभएको छ, खरेलले भने, र, निर्वाचनको लागि सरकारलाई सरकारले गर्ने प्रतिबद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नुभएको छ ।

निर्वाचन सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको मन्त्री खरेलले जानकारी दिए । प्रचण्डले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गरेका खरेलको भनाइ छ । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : पुस ११, २०८२, शुक्रवार १६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८