काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष तीन नेताहरूको बैठक डाकेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै ३ बजे देखि बोलाएका हुन् ।
बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।
भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शिर्ष नेतासँग राष्ट्रापतिले पहिलोपटक छलफल गर्न लागेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८