• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख । द्वादशी उपरान्त त्रयोदशी तिथि । विश्व दासता उन्मुलन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ ।

वृष – दिन राम्रो छ । तपाईंका साथीभाइको साथ मिल्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ । स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन् । परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ ।

मिथुन – साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ ।

कर्कट – दिन सामान्य छ । गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

सिंह – आज आफन्तबाट धोका हुनेछ । आज नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कम बोल्न राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ ।

कन्या – दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – दिन राम्रो छ । दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृश्चिक – सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । रोगले सताउने जोखिम छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु – उद्योगमा फाइदा हुने दिन छ । साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ । खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । संयुक्त लगानीबाट नाफा हुनेछ ।

मकर – दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ । नयाँ सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन् । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा नाफा होला ।

कुम्भ – लाभ हुने दिन छ । बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीन – दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ । तपाईंको मिहिनेतमा अरुले फाइदा उठाउने जोखिम छ । परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

  • प्रकाशित मिति : मंसिर १६, २०८२, मंगलवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८