• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल

आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। -ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

वृष – दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि एक पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन – दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

कर्कट – दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशको आम्दानीमा मन आकर्षित हुने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह – दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्या – दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गरेमा सफलता मिल्ने छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।

तुला – दिन सामान्य छ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ।

वृश्चिक – दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनु – दिन धेरै राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ।

मकर – दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

कुम्भ – दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ ।

मीन – दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ । अप्ठेरो परिस्थितिमा तपाईंको नामको चर्चा हुनेछ। परिवारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

  • प्रकाशित मिति : मंसिर ११, २०८२, बिहीवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८