• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अदालत माथि ओलीको दवाब, यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन

  • खबरदाता

अदालत माथि ओलीको दवाब, यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । शनिबार (मंसिर ६) काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार हिंसा र तोडफोडबाट बनेको बताए ।

उनले सरकारको संवैधानिक परीक्षण गरिनुपर्नेमा जोड दिए । “संविधानले यो सरकारलाई उचित ठहर्‍याउन सक्दैन । कोट (अदालत)ले यसलाई उचित ठहर्‍याउने ठाउँ नै छैन,” उनले भने ।

सरकार नै गलत बाटोबाट बनेको उनले टिप्पणी गरे । “लोकतान्त्रिक विधि, प्रक्रियाबाट नबनेको सरकार छ,” उनले भने ।

  • प्रकाशित मिति : मंसिर ६, २०८२, शनिवार १४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८