• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल

आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर कृष्ण पक्षको औंसी तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस । विश्व दर्शनचार्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।- ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ ।

वृष – दिन राम्रो छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ ।

मिथुन – दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

कर्कट – दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफ्नो काममा गोपनीयता कायम राख्नु उचित हुनेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

सिंह – दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

कन्या – दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । तपाईंको काममा सहयोगी बढ्नेछन् । समाजसेवाको अवसर मिल्नेछ । आफ्नो काममा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

तुला – दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीको साथ मिल्नेछ । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक – दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । तपाईंका योजनामा परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु – दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

मकर – दिन राम्रो छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ ।

कुम्भ – दिन राम्रो छ । तपाईंको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन – दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारभित्र मेलमिलाप हुनेछ ।

  • प्रकाशित मिति : मंसिर ४, २०८२, बिहीवार ०६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८