• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर कृष्ण पक्षको चतुर्दशी तिथि। बाला चतुर्दशी व्रत । तदनुसार सन् २०२५ नोभेम्बर १९ तारिख। शतबीज छर्ने दिन । विश्व शौचालय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष – दिन सामान्य राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा घाटा हुनेछ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ । परिवारको साथ सहयोग मिल्नेछ ।

मिथुन – दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । समाजमा तपाईंको कामको चर्चा हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

कर्कट – दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोले पनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा घाटा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

सिंह – दिन राम्रो छ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुन्छ । नजिकैको धार्मिक यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या – दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला – दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृश्चिक – दिन सामान्य छ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु – दिन राम्रो छ । तपाईंलाई सहयोग गर्ने साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

मकर – दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको साथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ ।

कुम्भ – दिन राम्रो छ । व्यापारमा महत्त्वपूर्ण निर्णय हुनेछ । विश्वास गरेको पात्रले साथ दिनेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन – दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्ने सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

  • प्रकाशित मिति : मंसिर ३, २०८२, बुधवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८