ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको ‘उज्यालो नेपाल पार्टी’ ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विववरण बुझाएको छ । मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको आयोगले जनाएको छ ।
यसअघि, गत साउनमा पार्टीले विवरण बुझाउँदा ज्ञानकुमार तामाङलाई अध्यक्षको रूपमा अघि सारेको थियो । तर, आज बुझाइएको फेरिएको कार्यसमितिमा तामाङलाई सदस्यमा मात्र सीमित गरिएको छ ।
सुरुवातदेखि नै कुलमानको पार्टी भनेर चर्चामा रहे पनि आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा उनको नाम समावेश छैन ।
को छन् कार्यसमितिमा ?


गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८