नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिन पुगेका छन् ।
माओवादीसहितको एकतामा गम्भीर असहमति जनाएका उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए ।
त्यसैगरी बुधबार बिहान उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए ।
त्यहाँ उनलाई प्रचण्डले एकीकृत पार्टीमा समाहित हुन आग्रह गरेका थिए । उनीसँगै समाजवादी महासचिव घनश्याम भुसालसँग पनि प्रचण्डले छलफल गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८