• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ?

  • खबरदाता

पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ?

पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव गण्डकीबाट पूर्व भने खासै धेरै नपर्ने विभागले बताएको छ । यसको प्रभाव काठमाडौंमा पनि खासै धेरै पर्ने छैन । काठमाडौंमा फाट्टफुट्ट वर्षा हुनसक्ने तर यसको सम्भावना पनि न्यून रहेको मौसमविद् गोविन्द झा बताउँछन् ।

  • प्रकाशित मिति : कात्तिक १८, २०८२, मंगलवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८