[ फाेटाे : फाइल ]
मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । शनिबार बिहान ६ बजे सशस्त्र प्रहरी बलले उनीहरूको उद्धार गरेको हो ।
यसअघि दुई चिनियाँ नागरिक र १३ नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर आएको थियो । दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र रहेको फेला परेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि हिजो त्यसतर्फ गएको थियो ।
सुरक्षा फौजले शनिबार बिहान ११ नेपालिलाई चामेतर्फ ल्याउँदै गरेको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याममा नै बसेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८