• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको टिकौली जङ्गलमा बस दुर्घटना,३३ जना घाइते

  • खबरदाता

चितवनको टिकौली जङ्गलमा बस दुर्घटना,३३ जना घाइते

चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान १ बजे  दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

प्रहरीले  जनाए अनुसार टिकौली जङ्गलमा रोकीराखेको  ना ६ख ८१३ नम्बरको ट्रकको पछाडी रौतहटबाट काठमाण्डौ तर्फ आई रहेको प्रदेश ३-०३-००१ ख ०१२३ नम्बरको यात्रुबाहक बस र सोही बसको पछाडी जनकपुरबाट काठमाण्डौ तर्फ आई रहेको बा.प्र.०३-००१ ख ३९०२ बस ठोक्किदा दुबै सवारी साधनमा गरी ३३जना घाईते भएका हुन् ।

घाइते मध्ये १५ जनाको नँया मेडीकलमा ,१३  जनाको नेशनल सिटि अस्पताल र ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचा भइरहेको छ ।।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०८२, शुक्रवार ०६:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८