• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो

  • खबरदाता

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन्।

जेनजी आन्दोलनपछि अस्थायी रूपमा बन्द गरिएको होटलका विषयमा चासो राख्दै प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति सरकारले दिलाउने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेर जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ’, ‘त्यस सम्बन्धमा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ।’

होटलका सरोकारवालासँगको छलफलमा खनालले भनेका छन, ‘तपाईंहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरेर सञ्चालनका लागि आवश्यक पहल गर्ने तयारी गरेको छ।

  • प्रकाशित मिति : कात्तिक ८, २०८२, शनिवार १०:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८