• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘जेनजी’को प्रदर्शनमा पूर्ण रूपमा जलेका सातवटा शवको पहिचान भएन

  • खबरदाता

‘जेनजी’को प्रदर्शनमा पूर्ण रूपमा जलेका सातवटा शवको पहिचान भएन

यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा ज्यान गुमाएका सातजनाको परिवार सम्पर्कमा नआउँदा पहिचानमा समस्या भएको छ । विभिन्न ठाउँमा जलेर मृत्यु भएका सातजनाको परिवार सम्पर्कमा नआएको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

“सातजनाको शव पूर्ण रूपमा जलेको अवस्थामा छन् । ती शव कसको हो भनेर पहिचान गर्नै मुस्किल छ,” अस्पतालको फरेस्कि विभागका प्रमुख डा। गोपाल चौधरीले भने ।

उनका अनुसार, शव पहिचानका निम्ति परिवारका सदस्यसँग ‘डीएनए म्याच’ गराउनुपर्छ । तर, परिवार सम्पर्कमा नआएको डा. चौधरीले बताए ।

“सातवटा शव कंकाल छ । मृतकका परिवारका सदस्यसँग डीएनए म्याच गराउनुपर्छ । त्यसका लागि मृतकका परिवार आएको छैन । प्रहरीको पत्र पनि आउन बाँकी छ । पर्सिदेखि जलेका शवको पोस्टमार्टम सुरु गर्छौं,” उनले भने ।

आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७३ पुगेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएका मध्ये ४६ शव पोस्टमार्टमका निम्ति त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । तीमध्ये ३९ शव पोस्टमार्टम सकाएर परिवारलाई बुझाइएको डा। चौधरीले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ ३१, २०८२, मंगलवार २०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८