• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने कुलमानको पहिलो निर्णय

  • खबरदाता

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने कुलमानको पहिलो निर्णय

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा शपथलगत्तै मन्त्रालय नपुगी महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी भवन र घाइतेको अवस्था बुझ्न उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

त्यसपछि मन्त्रालयमा पुगेका घिसिङले पदभार ग्रहण गर्दै विभिन्न व्यावसायिक घरनाले लामो समयदेखि तिर्न बाँकी रहेको उक्त वक्यौता रकम तत्काल उठाउन निर्देशन दिने निर्णय गरेका हुन् ।

उनी यसअघि प्राधिकरणको दुई कार्यकाल कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन् । प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको सवा ८ अर्व रूपैयाँ बक्यौता उठाउन बाँकि रहेको बताएको छ ।

उक्त रकम उठाउन लागी परेका उनलाइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले हटाएर हितेन्द्रदेव शाक्यलाइ नियुक्त गरेका थिए ।

  • प्रकाशित मिति : भदौ ३०, २०८२, सोमवार १७:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८