• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

  • खबरदाता

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

देशका केही स्थानमा आइतबार ९भदौ २९० वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ ।

आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।

 

  • प्रकाशित मिति : भदौ २९, २०८२, आइतवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८