• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ

  • खबरदाता

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन(जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् ।

उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्।

आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ।‘

उनले प्रहरी, न्यायालय र सुरक्षासम्बन्धी दस्तावेजहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती क्षति हुँदा मुलुककै लागि गम्भीर परिणाम आउने चेतावनी दिए।

लामिछानेले आन्दोलनलाई शुद्ध रूपमा जेनजी पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘म नागरिक सर्वोच्चताको पक्षमा छु र मुलुकको अबको नेतृत्व जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छु।’

कारागारबाट कानुनी प्रक्रियामार्फत् मात्रै मुक्त भई आमनागरिकबीच आएको उनले प्रष्ट्याउँदै आगामी दिनमा आवश्यक कानुनी प्रक्रियाका लागि आफू सदैव तयार रहने बताएका छन्।

  • प्रकाशित मिति : भदौ २४, २०८२, मंगलवार १९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८