• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा

  • खबरदाता

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मन्त्री पौडेलले ‘अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर आफू राजनीतिमा होमिएको बताउँदै आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरिरहेका छन् । ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन,’ मन्त्री पौडेलले लेखेका छन् ।

आफूले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको पदबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।

  • प्रकाशित मिति : भदौ २४, २०८२, मंगलवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८