• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सातदोबाटो–गोदावरी सडकको अवरोध हट्यो

  • खबरदाता

सातदोबाटो–गोदावरी सडकको अवरोध हट्यो

सातदोबाटो–गोदावरी सडकको अवरोध हटेको छ । शनिबार बिहान प्रदेशमन्त्री सवार गाडीको ठक्करबाट एक बालिका घाइते भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

सरकारी पक्ष र स्थानीयबीच सहमति भएपछि सडकको अवरोध हटेको हो । सहमतिअनुसार बालिकाको उपचारमा लाग्ने सबै खर्च मन्त्रीपक्षले बेहोर्नेछ ।

ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान बालिकालाई ठक्कर दिएको हो ।

मन्त्री मगर सवार को १६९ नम्बरको गाडीले सडकमा हिडिँरहेकी ११ वर्षीया बालिकालाई हरिसिद्धि स्कुल चोकमा जेब्राक्रसिङमा ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको थियो ।

 

  • प्रकाशित मिति : भदौ २१, २०८२, शनिवार ११:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८