सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार भर्खरै यो निर्णय भएको छ । ‘अहिले भर्खरै निर्णय भएको हो,” ती अधिकारीले भने, “केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ ।” नेपालमा फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८