• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रियसभाको बैठक सवा तीन बजे बस्ने

  • खबरदाता

राष्ट्रियसभाको बैठक सवा तीन बजे बस्ने

मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो ।

विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय निजामती विधेयक पेस हुँदै छ ।

यसअघि आजै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेको थियो ।

 

  • प्रकाशित मिति : भदौ १७, २०८२, मंगलवार १४:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८