कार दुर्घटनामा परि भरतपुरमा एक जनाको मृत्यु भएको छ।
जिल्लाको भरतपुर- १० को बिशालचोकमा भएको दुर्घटनामा भरतपुर -२ आफटारी बस्ने बर्ष २९ का डा. बिप्लब भट्टको मृत्यु भएको हो।
रमाईलो चोकबाट बिशालचोक तर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई रोड साईडमा रहेको रुखमा ठोक्किन जाँदा चालक भट्ट घाइते भएका थिए। उनको उपचारका क्रममा बिहान २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८