नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानबिन हुनुपर्ने बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव गुरूङले यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्।
केही दिनअघि जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेको विषयमा पनि महासचिव गुरूङले जबाफ दिएका छन्।
उनले घटना राजनीतिक प्रकृतिकोजस्तो देखिए पनि कानूनी रुपले घेराबन्दी गरेर सामूहिक हत्या गर्न नपाइने बताए।
‘यो मुद्दा तत्कालीन मधेसी जनअधिकार फोरम उपेन्द्रजीले नेतृत्व गरिरहनुभएको थियो । त्यससँग बढी सम्बन्धित देखिन्छ । मानव अधिकार आयोगले पनि त्यस्तै किसिमका रिपोर्टहरु दिएको देखिन्छ । राजनीतिक प्रकृतिको जस्तो जुन ढंगले राजनीतिक प्रकृतिको जस्तो घटना देखिन्छ । तर कानूनी रुपले कसैको हत्या गर्न घेराबन्दी गरेर सामुहिक हत्या गर्न पाउँदैन, उनले भने।
मानव अधिकार आयोगले पनि अध्यक्ष यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको उनले बताए।
यद्यपि अदालतको फैसलामा सरकारको राजनीतिक प्रतिशोध लिने भावना जोडिएको हो की भन्ने आशंका उठेको महासचिव गुरूङले बताए।
‘अब यो यस्तो समयमा आदेश दिएको छ की यो समय सन्दर्भ हेर्दा केही आशंका उठाउने ठाउँ देखिन्छ । यो मुद्दा मूलतः उपेन्द्र यादवजीले नेतृत्व गरेको जसपासँग (त्यो बेलाको मधेसी जनअधिकार फोरम)सँग बढी सम्बन्धित देखिन्छ भन्ने थियो। । अहिलेको स्थिति हेर्दा जसपा विगतमा सरकारमा थियो । पछिल्लो समय सरकार छोडेको छ। सरकार छोडेको र भूमि विधेयकको विरोध गरेको यो सबै प्रसंग जोड्दा अदालतको फैसलापछि सरकारको राजनीतिक प्रतिशोध लिने भावना जोडिएको हो की भन्ने आशंका उठेको देखिन्छ , उनले भने।
यद्यपि अदालतले गर्ने जस्तोसुकै फैसला माओवादी केन्द्रले स्वीकार गर्ने उनले बताए।
‘अदालतले गर्नुपर्ने कतिपय निर्णयहरु सन्दर्भमा नीतिगत रुपमा हेर्दा अदालतले ध्यान पुर्याउन नसकेका कुरा पनि हुनसक्छन् । न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्छ,’ उनले भने।
न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८