• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वाम एकताको सम्भावना बलियो देख्दिनँ : विद्यादेवी भण्डारी

  • खबरदाता

वाम एकताको सम्भावना बलियो देख्दिनँ : विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा  नदेखेको बताइन् ।

सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, ‘नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ ।’

अर्को प्रसंगमा उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटलाई हाउगुजीका रूपमा व्याख्या गर्न नहुने बताइन् । उनले कोइरालासँग अहिले देशमा देखिएका समस्याको समाधानबारे छलफल भएको जिकिर गरिन् ।

‘शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ मोरङ विराटनगरको हो । हामी पनि यतै जन्मेर हुर्केको हो । उहाँसँगको भेटलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने म ठान्दिनँ, उनले भनिन।

  • प्रकाशित मिति : भदौ २, २०८२, सोमवार १३:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८