• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

  • खबरदाता

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए । उनले आइतबार ९भदौ १० कार्यकारी निर्देशकको पदबहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन उपमहानिर्देशकको दरबन्दी छ । हाल तीनै उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए । रासस

  • प्रकाशित मिति : भदौ २, २०८२, सोमवार ०५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८