• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन : ओली

  • खबरदाता

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताए ।

सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे ।

“हल्ला कसले चलायो रु सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो रु,” उनले भने, “बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।”

  • प्रकाशित मिति : साउन २८, २०८२, बुधवार १५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८