• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्–श्रीमतीको मृत्यु

  • खबरदाता

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्–श्रीमतीको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग दुवैजनाको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरूको दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

  • प्रकाशित मिति : साउन १०, २०८२, शनिवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८