• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छोरी भेट्न गएका प्रजा शक्तिखोर जंगलमा मृत भेटिए

  • खबरदाता

छोरी भेट्न गएका प्रजा शक्तिखोर जंगलमा मृत भेटिए

चितवनमा छोरी भेट्न भनेर घरबाट हिंडेका एक पुरुष मृत अबस्थामा फेला परेका छन।

चितवन प्रहरीले जनाए अनुसार राप्ती नगरपालिका -११ बस्ने बर्ष -५७ का कृष्ण बहादुर प्रजा मंगलबार राती करिब -१० बजे कालिका- ९ स्थित शक्तिखोर जंगल मृत भेटिएका हुन।

प्रजा असार २८ गते दिउँसो करिब १ बजेको समयमा कालिका- ९ जुटपानी बस्ने छोरीलाइ भेट्न गएर सम्पर्क बिहिन भएका थिए। सोही ३१ गते निज हराएको भन्दै परिवारले प्रहरी चौकी जुटपानीमा निबेदन दिएका थिए।

कानुनी प्रक्रिया पूरा गर्न शवलाई भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ७, २०८२, बुधवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८