[ फाेटाे : मेलम्चीमा बस दुर्घटनामा चालकसहित आठजना घाइते सिन्धुपाल्चोक, १४ असारः भोताङ बाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस मेलम्चीमा दिउँसो करिब १ः०० बजे दुर्घटना । दिउँसो मेलम्ची नगरपालिका– १० रामपुरबेसी, मेलम्ची बजारपारि भएको बस दुर्घटनामा परी बसमा सवार ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । तस्बिरः देवराज सुवेदी÷रासस ]
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा शनिबार ९असार १४० दिउँसो एउटा बस दुर्घटना भएको छ । दुर्घटनामा आठ यात्री घाइते छन् ।
सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदो गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । दिउँसो करिब १ बजे मेलम्ची बजारपारि बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८