भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीनजना काठमाडौंमा नियन्त्रणमा परेका छन् । चोरी मुद्दा आरोपित नेपाली युवालाई काठमाडौंबाट नियन्त्रणमा लिएर जाँदै गर्दा उनीहरूलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
उनीहरू गएको शुक्रबार काठमाडौंबाट नै नियन्त्रणमा परेका हुन् । हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित नियन्त्रणमा परेका तीनजनालाई नै पछि प्रहरी भारतीय दूतावास बुझाएको थियो ।
यसअघि गएको फागुनमा पनि पञ्जाव प्रहरीको टोलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठमेलबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पनि भारतीय दूतावासमार्फत बुझाइएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८