मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रीवाहक बसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडकखण्डमा यो दुर्घटना भएको हो ।
शनिबार (जेठ ३१) अपराह्न वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको कारलाई ठक्कर दिएको थियो । सोही बसले अगाडिको ट्यांकरलाई समेत ठक्कर दिएपछि एउटा रुखमा ठोक्किको थियो ।
दुर्घटनामा बसका चार यात्री र कारमा सवार ६ गरी १० जना घाइते भएका र सबैलाई उपचारका निम्ति हेटौँडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८