नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ ।
सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो । अन्यत्र प्रदर्शन गर्न निषेध गरिएपछि राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको हो ।
वर्तमान व्यवस्था विरोधी राजावादीहरूले पछिल्लो समय राजसंस्था फर्काउन प्रदर्शन गर्दै आएका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८