जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सिफलचौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फ र बल्खु क्षेत्र बाहेकमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा दुई महिनासम्मका लागि विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा हुने कार्यक्रमको हकमा तोकिए बमोजिम हुने जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३९क० बमोजिम आदेश जारी गरिएको हो ।
काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश जारी गरिएको जनाइएको छ ।
सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८