• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे

  • खबरदाता

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए ।

त्यस अवधिमा पनि सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले आजै दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए ।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगन गरिएको छ ।

 

 

  • प्रकाशित मिति : जेठ १४, २०८२, बुधवार १६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८