• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

  • खबरदाता

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

आज २०८२ साल वैशाख २६ गते शुक्रबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि। कानुन दिवस। तदनुसार सन् २०२५ मे ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। औषधी नियमित गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष – दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्।

मिथुन – आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ।

कर्कट – दिन राम्रो छ। सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

सिंह – साथी विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। अध्ययनमा जोस र जाँगर बढ्नेछ।

कन्या – मन प्रशन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला – शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ।

वृश्चिक – दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु – राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ।

मकर- रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ – संकटको सामना गर्नुपर्र्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ।

मीन – सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। शनिदेवका कारणले साथीले तपाईंको कुरा काट्नेछन्। सहकर्मीबाट जोगिएर काम गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

  • प्रकाशित मिति : वैशाख २६, २०८२, शुक्रवार ०५:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८