• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

  • खबरदाता

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यवद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो ।

भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडीमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ । सरकारले दुई देशबीचको तनाव कम होस् भन्ने चाहेको उल्लेख गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २५, २०८२, बिहीवार २१:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८