• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छिट्टै गभर्नर नियुक्त गर्नुपर्‍यो : सांसद खतिवडा

  • खबरदाता

छिट्टै गभर्नर नियुक्त गर्नुपर्‍यो : सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफ मागसमेत गरे ।

“धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएका छन् । योबारे के हो सरकारले जवाफ दिनुपर्‍यो,” उनले भने ।

उनले भारत–पाकिस्तानलगायत मुलुकको तनाव समाधान गर्न सरकारलाई तयारीमा रहन पनि आग्रह गरे ।

“आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देश भए पनि साथ दिनुपर्छ,” उनले भने ।

  • प्रकाशित मिति : वैशाख २५, २०८२, बिहीवार १२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८