काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई अनुसन्धानका लागि प्रहरीले थप म्याद लिने तयारी गरेको छ।
यसअघि थप भएको ७ दिनको म्याद आइतबार सकिँदैछ। जिल्ला प्रहरी परिसरले अनुसन्धानका लागि थप म्याद थप गर्ने उनीहरूलाई आइतबार अदालत उपस्थित गराउँदै छ।
परिसरका एसपी अपिलराज बोहराका अनुसार राज्य विरूद्धको कसुर र संगठित अपराध गरेको कसुरमा पक्राउ परेका २५ जनालाई प्रहरीले आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको हो।
‘२५ जनालाई आज थप म्याद माग गर्दैछौं,’ उनले भने।
अनुसन्धानकै चरणमा रहेकाले थप म्याद माग गर्न लागिएको उनले बताए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले तीनकुने घटनामा पक्राउ परेका केहीको मात्रै बयान लिने काम बाँकी छ।
प्रहरीले यस घटनामा ५६ जनालाई हिरासतमा राखेको छ। प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८