• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

विद्याले दिइन् रघुजीलाई बधाई, ओलीलाई धन्यवाद

  • खबरदाता

विद्याले दिइन् रघुजीलाई बधाई, ओलीलाई धन्यवाद

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । उनले सामााजिक सञ्जालमार्फत पन्तलाई कार्यकाल सफलताको शुभकामना दिएकी हुन् । उनले कास्की २ का मतदाता र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट समेत गरेकी छन्।

“करिब नौ महिना, यसै मन्त्रालयको जिम्मेवारी दिएर शिक्षा क्षेत्रमा केही सुधार गर्ने प्रयासमा लाग्नका लागि मलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण न्यायप्रेमी समुदाय, कास्की २ का सम्पूर्ण आदरणीय मलाई निर्वाचित गर्नुहुने मतदाता र आमशुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले लेखेकी छन्, “मलाइ विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा संगै काम गर्ने अवसर दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रिपरिषद्प्रति आभारी छु । यस अवसरका लागि मलाई छनोट गर्नुभएकोमा सम्पूर्ण पार्टीका नेता र सिंगो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।”

उनले अबको यात्रा सार्वजनिक शिक्षाको सबलीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहने समेत बताएकी थिइन् । उनले राजीनामा दिएपछि एमालेकै मन्त्री बनेका पन्तले आजै मात्र शपथ ग्रहण गरेका छन् । विद्याले राजीनामाको कारणबारे अझै खुलाएकी छैनन् ।

  • प्रकाशित मिति : वैशाख ११, २०८२, बिहीवार १९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८