• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

  • खबरदाता

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी र मिश्र उच्च रक्तचापको बिरामी भएकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिए तीन दिन अगाडि नै हाजिर जमानमा छुट्न सक्ने आदेश पनि भएको छ ।

‘तीन दिनको म्याद थप भएको छ । तीन दिनभित्र अनुसंधानको कार्य सम्पन्न गरी पेस गर्नु भन्ने आदेश छ । यदि पेस गर्न नसके हाजिर जमानीमा छाडिदिनु भनिएको छ’, श्रेष्ठले खबरहबलाई भने, ‘यो तीन दीनमा पनि स्वास्थ्य उपचारको पनि ख्याल गर्न आदेश छ । यही तीन दीनमा पनि उहाँहरूको स्वास्थ्यमा थप समस्या आए जुनसुकै बेला छुट्न सक्नुहुन्छ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ रिहा भएका छन् ।

  • प्रकाशित मिति : वैशाख १०, २०८२, बुधवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८