• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

साधारण तारिखमा छुटे स्वागत नेपाल

  • खबरदाता

साधारण तारिखमा छुटे स्वागत नेपाल

राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल साधारण तारिखमा रिहा भएका छन् ।

उनलाई शुक्रबार आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । नेपालले शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भिडलाई भड्काउने गतिविधि नगरेको निष्कर्षसहित म्याद थप नगरी साधारण तारिखमा रिहा गरिएको हो ।

उनलाई प्रहरीले गत शुक्रबार ल फर्मबाटै पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले शुक्रबार हिंसा भड्काउने गरी उनको भूमिका नदेखिएकाले साधारण तारिखमा छाडिएको बताए ।

उनलाई काठमाडौं अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । उनीसहित पक्राउ परेका राप्रपाका अन्य नेतासहित ४१ जनालाई भने अदालतले मुद्दा चलाउने गरी म्याद दिएको छ ।

  • प्रकाशित मिति : चैत १७, २०८१, आइतवार १९:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८